राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सुरू भएको छ। काठमाडौंको भृकुटीमण्डपमा अहिले महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ।
राजधानीका विभिन्न भागबाट जुलुसहितको र्याली भृकुटीमण्डप पुगेको थियो। उद्घाटन हल बाहिर बिभिन्न झाँकी, नृत्य तथा बाजागाजासहित सहभागी भेला भएका छन्।
अध्यक्ष त्रय कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले महाधिवेशनको उद्घाटन गरे।
उद्घाटन सत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू सहभागी छन्।
मंसिर १७ गतेसम्म चल्ने महाधिवेशननले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशन ४ हजार ३ सय प्रतिनिधि आएका छन्।
राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन्।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)