नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा शिला शर्मा खड्का निर्वाचित भएकी छन्।
लुम्बिनी प्रदेशबाट खड्कासहित तीन जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
खड्काले २६७३ मत ल्याएकी छन्। उनी कांग्रेस नेता खुमबहादुर खड्काकी श्रीमती हुन्।
खुमबहादुरको निधनपछि शिला र उनका छोरा अनुराग पनि पार्टी राजनीतिमा आएका छन्। उनीहरू दाङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।
साथै केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल २७२७ र चन्द्रबहादुर केसी २२६७ मतसहित निर्वाचित भएका छन्।
कांग्रेसमा प्रदेशबाट एक महिलासहित तीन जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
सात प्रदेशबाट २१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।