नेपाली कांग्रेस प्रदेश नम्बर २ मा शेखर कोइराला- विमलेन्द्र निधिको समर्थनमा सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन् भने शेरबहादुर देउवा पक्षबाट रौतहट सभापति कृष्णा यादवले उम्मेदवारी दर्ता गरेका छन्।
यसैगरी, रामसरोज यादवको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन्।
महामन्त्रीमा नरेश यादव र हरेस यादवले उम्मेदवारी दर्ता गराएका छन् भने सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले उम्मेदवारी दिएका छन्। यस्तै, सहमहामन्त्रीमा निर्मला सुवेदीले उम्मेदवारी दिएकी छन्।
यसैगरी कृष्णा यादवको प्यानलबाट उपसभापतिमा वीरेन्द्र सिंह र चन्द्रशेखर यादवले उम्मेदवारी दिएका छन् महामन्त्रीमा उपेन्द्र यादव र वृहसपतिकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
सहमहामन्त्रीमा जयनारायण यादव र परशुराम चौधरीले उम्मेदवारी दिएका छन्। रिता यादवले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी छन्।
प्रदेश २ कांग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री रहेका यादव नेता विमलेन्द्र निधिनिकट हुन्।
यादवलाई प्रदेश सभापतिमा कांग्रेस नेता शेखर कोइराला पक्षले पनि समर्थन गरेका छन्।
प्रदेश सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित सदस्यका लागि बुधबार मतदान हुने भएको छ।