कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत प्रदेश १ खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन्।
गत मंसिर २७ गते भएको निर्वाचनमा २ पदका लागि ७ जनाले उम्मेदवारी दिएका थिए।
अमृत अर्यालले २३८९ र राजीव कोइरालाले २१५२ मत ल्याएका हुन्।
४७०७ खसेको मतमा १५ बदर भएको निर्वाचन समितिले जनाएको छ।