नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी प्रदेश २ को अधिवेशनमा पदाधिकारीको मनोनयन दर्ताको समय थप गरेको छ।
प्राविधिक त्रुटीका कारण मनोनयन दर्ताको समय दुई घण्टा थप गरिएको निर्वाचन समितिले जनाएको छ।
मंगलबार दिउँसो १: ३० बजेदेखि साढे ४ बजेसम्म मनोनय पत्र दर्ताको समय तोकिएकोमा साँझ साढे ६ बजेसम्म समय थप गरिएको निर्वाचन अधिकृत प्रल्हाद गौतमले जानकारी दिए।
उनका अनुसार केही समय बिजुलीबत्ती कटेपछि प्राविधिक समस्या आएर मनोनय पत्र दर्ताको म्याद थप गरिएको हो।
मनोनयन दर्तासँगै निर्वाचन कार्यतालिकाको अन्य कार्यक्रमको समेत दुई घण्टा म्याद बढाइएको उनले बताए।