नेपाली कांग्रेस प्रदेश नम्बर २ को सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन्।
प्रदेश २ कांग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री रहेका यादव नेता विमलेन्द्र निधिनिकट हुन्।
यादवलाई प्रदेश सभापतिमा कांग्रेस नेता शेखर कोइराला पक्षले पनि समर्थन गरेका छन्।
यादवले प्रदेश अधिवेशनमा सभापति पदका लागि आज उम्मेदवारी दर्ता गरिसकेका छन्।
साथै सभापति शेरबहादुर देउवा पक्षबाट रौतहट सभापति कृष्ण यादवले पनि प्रदेश सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
अब रामसरोज र कृष्णबीच सभापति पदमा प्रतिस्पर्धा हुने देखिएको छ।
प्रदेश सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित सदस्यका लागि बुधबार मतदान हुने भएको छ।