नेपाली कांग्रेसको अल्पसंख्यक खुला तर्फको केन्द्रीय सदस्यमा प्रदीप कुमार सुनुवार निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको विधानअनुसार केन्द्रीय सदस्य अल्पसंख्यक खुलामा एक जना निर्वाचित हुने व्यवस्था छ। सो पदमा पाँच जनाले उम्मेदवारी दिएका थिए ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार २१७१ मत प्राप्त गर्दै शेरबहादुर देउवा समूहका सुनुवार निर्वाचित भएका छन्।
दोस्रो स्थानमा रहेका टीकाराम सुब्बा लेप्चाले १०२३ मत पाए। तेस्रो स्थानमा रहेका हरिबहादुर घलेले ६०९, ओमप्रकाश शर्मा मारवाडीले ५३६ र प्रेम बहादुर छन्त्यालले २०६ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ।
कुल खसेको ४६३५ मतमध्ये ९० मत बदर भएको थियो।