भारतको नयाँ दिल्लीबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्तारा एयरवेजको जहाजमा बस राखेको सूचना प्राप्त भएपछि नेपाली सेनाले सर्च गरिरहेको छ।
भिस्तारा एयरवेजको जहाज मंगलबार अपराह्न ४:२७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।
उक्त सूचना दिल्लीबाटै नागरिक उड्डयन प्राधिकरणलाई प्राप्त भएको थियो।
सूचना पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली विमानस्थलमा पुगेर सर्च गरिरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए।
‘बम राखेको भन्ने सूचना आएको भनेपछि डिस्पोजल टोलीले खोजिरहेको छ, अहिलेसम्म केही भेटिएको छैन,’ उनले भने।