आन्दोलन र बाढी पहिरोका कारण नेपाल घुम्न आउने पर्यटकको संख्या घटेको छ। पर्यटन बोर्डका अनुसार सेप्टेम्बरमा अघिल्ला महिनाको तुलनामा कम पर्यटक भित्रिएका छन्।
पर्यटकीय सिजन चलिरहँदा देशमा बाढी पहिरोका घटना भइरहेकाले पर्यटक आगमनमा पनि असर पुर्याएको बोर्डले जनाएको छ। तथ्याङ्कअनुसार २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक भित्रिएका छन्।
सन् २०२४ को सेप्टेम्बरमा ९६ हजार र सन् २०२३ को सेप्टेम्बरमा ९२ हजार पर्यटक आएका थिए।
सेप्टेम्बरमा सबैभ्नदा धेरै भारतीय पर्यटक आएका छन्। बोर्डका अनुसार भारतबाट १५ हजार ५५६, अमेरिकाबाट ९ हजार ६७९ पर्यटक भित्रिएका हुन्।
त्यस्तै क्रमशः अष्ट्रेलियाबाट ६ हजार ८२४, चीनबाट ५ हजार २३७, बेलायतबाट ४ हजार ९८१, बंगलादेशबाट ३ हजार १५, श्रीलंकाबाट २ हजार ६१६ जना पर्यटक भित्रिएका छन्।