काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा चढेका एक जना यात्रुले इमर्जेन्सी ढोका खोलेका छन्।
बिहीबार बिहान साढे ५ बजे बुद्ध एयरको उडान नम्बर ५०५ काठमाडौंबाट जनकपुरका लागि उडेको थियो।
तर उक्त जहाज जनकपुरस्थित विमानस्थलमा अवतरण हुनसकेन।
बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार भिजिबिलिटी कम भएपछि त्यहाँ अवतरण हुन सकेको थिएन।
त्यसपछि जहाजलाई डाइभर्ट गरी विराटनगर विमानस्थलमा अवतरण गराइएको थियो।
‘अवतरण गरेपछि केहीबेरमै उनले अचानक इमर्जेन्सी ढोका खोल्न खोले,’ कर्णले सेतोपाटीसँग भने।
कुनै पनि आपत परेको अवस्थामा बाहेक इमर्जेन्सी ढोका खोल्न मिल्दैन।
यसरी खोलेपछि उनलाई प्रहरीको जिम्मा लगाइएको कर्णले बताए।