बुद्ध एयरले काठमाडौं- भद्रपुर गन्तव्यमा उडान थपेको छ। यात्रुको अत्याधिक माग आएपछि बुद्धले भोलि (बिहीबार) दुइटा उडान गर्दैछ।
साथै शुक्रबारबाट दैनिक एक उडान थप गरिएको कम्पनीले जनाएको छ। बाढी र पहिरोको कारण राजमार्गहरू पूर्ण रूपमा चल्न नसकेपछि हवाई यात्रुको चाप बढेको छ।
समयमै मौसम नखुल्दा काठमाडौं- विराटनगरका लागि निर्धारित उडानहरू हुन सकेका छैनन्। यसकारण पनि बुद्धले भद्रपुरका लागि उडान थपेको जनाएको छ।
हाल बुद्धले यस गन्तव्यका लागि ६ वटा उडान गर्दै आएको छ।
यो गन्तव्यका लागि न्यूनतम ६ हजार चार सय रूपैयाँ र अधिकतम १२ हजार ८० रूपैयाँ भाडादर तोकिएको छ।