सिप्रदीयन सहायता संस्थाले रौतहट, सप्तरी र बर्दियाका बाढीपीडितहरुलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ। उक्त संस्थाले ति तीन जिल्लाका एक सय ७५ बाढीपीडित घरधुुरीलाई दैनिक उपभोग्य सामाग्री बितरण गरेको हो।
संस्थाकाअनुसार स्थानीय समाजसेवी डिके झा, स्थानीय प्रहरी र जिल्ला प्रशासन कार्यालय रौतहट समेतको रोहवरमा प्रति परिवार २५ केजी चामल, तीन केजी दाल, तीन केजी चिउरा, १२ लिटर पानी, एक केजी नुुन, आधा लिटर खाने तेल, पाँच प्याकेट चाउचाउ र एक प्याकेट मसला बितरण गरिएको छ।
यसरी एक सय ७५ घर परिवारमा बितरण गरिएको कुुल खाद्य सामाग्रीमा एक सय ७५ बोरा चामल, एक सय ७५ प्याकेट दाल, एक सय ७५ प्याकेट चिउरा, एक सय ७५ कार्टुुन पानी, १९ कार्टुुन चाउचाउ, एक सय ७५ प्याकेट नुुन, आधा लिटरको एक सय ७५ प्याकेट खाने तेल र एक सय ७५ प्याकेट मसाला रहेको कम्पनीले जानकारी जनाएको छ।