वर्ल्डलिंक कम्युनिकेशन्स ‘खुकुरी नेपाल सुपर लिग २०२१’ को प्रत्यक्ष प्रसारणमा जोडिएको छ। सुपर लिग एपिवान टिभी च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।
एपिवानले खुकुरी नेपाल सुपर लिगका म्याचहरू २१ दिनसम्म प्रत्यक्ष प्रसारण गर्नेछ। लिगमा ७ वटा प्रदेशका ७ वटै टिमहरुबीच २५ वटा म्याचहरु खेलिनेछन्।
वर्ल्डलिंक कम्युनिकेशन्सका निर्देशक मनोज अग्रवालले यो टुर्नामेन्टले नेपालका युवा फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिने बताए।
खुकुरी नेपाल सुपर लिग २०२१ नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग हो । टुर्नामेन्ट दशरथ रंगशालामा आयोजित हुनेछन्। तर, दर्शकहरू हुँदैनन्। कोरोना महामारीका कारण एपीवान टेलिभिजनले दर्शकहरूका लागि फुटबल खेलको प्रत्यक्ष प्रसारण गरेको हो।