किया नेपालले नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल क्लबसँग साझेदारी गरेको छ।
नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो। जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फम्र्याट (हरेक टिमले सबै टिमसँग खेल्नै पर्ने) मा खेलिन्छ।
नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो। यो वैशाख ११ देखि २५ सम्म हुनेछ। किया विभिन्न टुर्नामेन्टहरुलाई मुख्य प्रायोजकको भूमिकामा सहभागी हुँदै आएको कम्पनी हो।