गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष कुमार पन्त र र्राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लाप्राक नमूना बस्ती धार्चे गाउँपलिकाका लाभग्राहीहरुलाई हस्तान्तरण गरेका छन्।
बिहीबार आयोजित एक समारोहबीच बस्तीका घरहरु लालपूर्जासहित सेवाग्राहीलाई हस्तान्तरण गरिएको हो।
भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा एनआरएनएको सक्रियतामा ५ सय ७३ वटा निजी आवास निर्माण गरिएको थियो। सोही घरहरु हस्तान्तरण गरिएको हो।
एनआरएनएका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परीश्रमबाट बस्ती निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा निकै खुशी लागेको बताए।
यो बस्तीको निर्माण सुरु गरेको करिब ५ वर्षमा सम्पन्न भएको हो।
२०७३ साल वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सहरी विकास मन्त्रालय, र्राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघबीच त्रीपक्षिय सम्झौता भएर नमूना बस्तीको निर्माण कार्य सुरु गरिएको थियो।