पठाओ राइडरलाई पठाओको लोगो अङ्कित ज्याकेट लगाएर राइड गर्न रोक लगाइएको छ। मंगलबार सरकारी निकाय र पठाओ बीच भएकाे छलफलले राइडरलाई पठाओको लोगो अङ्कित कपडा लगाउन रोक लगाएको हो।
अफलाइन राइडको विकृतीलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन उक्त निर्णय गरिएको पठाओ नेपाल प्रालीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।
राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नाअएसम्म प्रयोग नगर्न उनले अनुरोध गरेका छन्।
कोही राइडरले पठाओको ब्रान्ड झल्कने कुनै कपडा प्रयोग गरेर राइड गरे कारबाही हुने उनले बताए।
कोरोना महामारीमा सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओ नेपाल प्रालीले राइडरलाई राइडको समयमा अनिवार्य प्रेटेक्टिभ गेयर ‘ज्याकेट र ट्राउजर’ को व्यवस्था गरेको थियो।
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि ट्याक्सी सेवा सुरु गर्दै आएको छ।