माछापुच्छ्रे बैंकको सहयोगमा काठमाडौंको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाइट जडान गरिएको छ।
सोमबार उक्त बैंकका संचालक रोशन केसी र विश्व प्रकाश गौतमले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईलाई ट्राफिक लाइटहरु हस्तान्तरण गरे।
सवारी आवागमनलाई सुरक्षित एंव व्यवस्थित बनाउने उद्देश्यले बैंकले सवारी साधानको अत्याधिक चाप रहने ती ठाउँमा यस्तो व्यवस्था गरेको हो।
प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले सो ट्राफिक लाइटले ट्राफिक नियमको पालना गराउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।