धुर्मुस सुन्तली फाउण्डेसनले अपनाएको कुर्सी अवधारणामा मेधावी कलेजले आफ्नो कुर्सी सुरक्षित गरेको छ। काठमाडौंको शङ्खमूलमा रहेको सो कलेजले १ लाख रुपैयाँ सहयोग गरेर कुर्सीमा आफ्नो नाम सुरक्षित गर्ने पहिलो कलेज बनेको हो।
कलेजले निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लागि उक्त सहयोग गरेको हो। फाउण्डेसनले आर्थिक सहयोग गरी रङ्गशाला निर्माण अभियानमा जोडिएकोमा मेधावी कलेजलाई धन्यवाद दिएको छ।
कुर्सी अभियानमार्फत जोडिन चाहनेले ३० हजार कुर्सीमा आफ्नो नाम लेख्न सक्ने फाउण्डेसनले बताएको छ।
कुर्सी आफ्नो, पितृको, आमा समूहको, महिला समूहको, टोल विकास संस्थाको, सहकारी संस्था, बैंक तथा वित्तीय संस्थाको, उद्योग, विद्यालय, क्याम्पसलगायत विभिन्न साथी समूहको नाममा समेत सुरक्षित गर्न सकिनेछ।