थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना विद्यार्थीहरुको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार सम्पन्न उक्त कार्यक्रममा मार्च इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
लाजिम्पाटस्थित र्याडिसन होटलमा कार्यक्रम आयोजना भएको थियो। बिएस्सी (हन्स) कम्प्युटिङ, बिबीए तथा बिएचएममा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो।
कलेजमा हाल विद्यार्थीहरुको भौतिक उपस्थिति तथा अनलाइनबाट कक्षा भइरहेको छ।