पूर्वी नवलपरासीको दुम्कौलीस्थित सिजी गल्फकोर्समा सम्पन्न नेपाल आइस गल्फ टुर्नामेन्टको उपाधि राजेन्द्र गौचनले हात पारेका छन्।
सनिबार सम्पन्न गल्फ टुर्नामेन्टमा उनले ३९ अंक सफलता हात परेका हुन्। त्यसैगरी उपविजेताको उपाधि राजु थकालीले हात पारेका छन्। उनले ३७ अंक पाएका थिए।
ग्रस विनर फिन्चोओंदी लामा भए। लङगेस्ट ड्राइभमा कालु घले, मोस्ट वर्डिजमा पेम्बा शेर्पा र क्लोजेस्ट टु द मेनको उपाधि रवीन्द्र तिवारीले हात पारेका छन्।
नेपाल आइस गल्फ टुर्नामेन्टमा २४ खेलाडी सहभागी थिए। उपाधि विजेता र अन्य खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको सिजी गल्फ टुर्नामेन्टका एम्पाएर वसन्त गुरूङले जानकारी दिए।
गण्डकी प्रदेशअन्तर्गत पूर्वी नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योग ग्रामभित्र सुविधासम्पन्न गल्फ मैदान रहेको छ। यहाँ बर्सेनि स्वदेश तथा विदेशका गल्फरहरु खेल्न आउँछन्।