नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिमा सल्लाहकार नियुक्त (
मनोनित)भएका छन्।
उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नियुक्त गरेका हुन्। नेपाल–भारत उद्योग वाणिज्य संघले उपाध्यक्ष केसीलाई बधाई दिएको छ।
सुनिल केसी एक युवा उद्यमी व्यवसायी हुन्। साथै नेपाल–भारत सम्बन्ध लगायत अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धका विषयमा जानकार व्यक्ति हुन्।
लामो समयदेखि आर्थिक कूटनीतिकको क्षेत्रमा कार्य गर्दै आएका केसीले एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (आइडा)मा संस्थापक प्रमुखको रूपमा काम गरेका छन्।
उनी नेपाल तथा अन्तर्राष्ट्रिय कूटनीतिकको क्षेत्रमा निरन्तर सक्रिय व्यक्ति हुन्।