अनलाइन अर्डरमार्फत् घरघरमा खानेकुरा पुर्याउने 'भोज'ले सुरू गरेको अनलाइन खाना मेला आजदेखि सुरू भएको छ।
मेलाको दौरानमा उपत्यकाभित्रका २०० भन्दा बढी रेष्टुराँबाट खाना अर्डर गरे वापत ७० प्रतिशतसम्म छुट पाइने र ई-सेवा र फोनपेका माध्यमबाट बिल तिर्दा ३० प्रतिशत क्यासब्याक पाइने भोजका संस्थापक निकेत अग्रवालले बताए।
रु ९९, रु ९९९, एक किन्दा एक सित्तैमा, का साथै रु १ मा पनि विभिन्न परिकार यस मेलामा पाइने छन्।
७ दिनसम्म चल्ने मेलामा विभिन्न अनलाइन कार्यक्रम तथा प्रतियोगिताहरू समेत हुने बताइएको छ।
प्रत्येक अर्डरमा ग्राहकले सोमेर्स्बी, कोका कोला, पठाओ सवारी, टु पिएम चाउचाउ र ब्लेन्डर (मिल्क सेक बार) मध्ये कुनै उपहारहरू पाउनेछन्। साथै हरेक अर्डरमा विभिन्न रेस्टुरेन्टका डिस्काउन्ट भौचर पनि जित्ने छन्।
चौथो संस्करणमा हुन लागेको अनलाइन खाना मेला अन्य सबै अनलाइन फूड फेस्टिबलभन्दा राम्रो हुने भोजको दाबी छ।
खाद्य संस्कृतिलाई अझ आकर्षक बनाउन र खानाका पारखीहरूलाई सेवा गर्न भोजले नेपालमा पहिलो पटक अनलाइन खाना मेला २०१७ सालमा सुरू गरेको थियो।
संस्थापक अग्रवालले यस पालिको संस्करण कोरोना - १९ सँग आफूभन्दा समाजप्रतिको दायित्वलाई प्राथमिक राखेर सक्रिय रूपमा लड्ने डाक्टर, स्वास्थ्यकर्मी, सफाई कर्मचारी, प्रहरी, सामाजिक कार्यकर्ता, होम डेलिवेरी गर्नेहरुलाइ समर्पित गरेको जानकारी गराए।
'भोज' खानाका पारखीहरूका लागि लोकप्रिय मोबाइल एप हो।
यस एपको माध्यमबाट प्रयोगकर्ताहरूले खाना डेलिभरीको लागि अर्डर गर्न, निः शुल्क रेस्टुरेन्ट डिलहरू लिन, समीक्षा पढ्न, मेनुहरू ब्राउज गर्न, भोजवालेटमा नगद कमाउन सक्दछन् भने भोजवालेटलाई रेष्टुरेन्टहरूमा पनि प्रयोग गर्न सक्दछन्।
भोजबाट रेस्टुरेन्टको खानाबाहेक किरानाका सामान, सब्जी तरकारी, फलफूल तथा फ्रोजेन खाद्य सामग्री पनि ग्राहकको घरमा पुर्याइदिन सकिन्छ।
हाल भोजमार्फत् ५०० भन्दा बढी रेष्टुराँबाट खाना अर्डर गर्न पाइन्छ।
अर्डर गर्नका भोज एप, वेबसाइट अथवा फोनको प्रयोग गर्न सकिन्छ।