नागरिक लगानी कोषले निः सहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो सहयोग गरेको हो।
चेक कोषका निमित्त कार्यकारी निर्देशक डा. ईन्द्रकुमार कट्टेलले निःसहाय सेवा सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई चेक हस्तान्तरण गरे।
आवास गृहमा आश्रित बृद्ध–बृद्धाहरुको आर्थिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले खाद्यान्न, लत्ता कपडा लगायतका दैनिक आवश्यक पर्ने सामान खरीदको लागि सो रकम प्रदान गरिएको हो।
सहयोग रकमबाट सेवा सदनमा रहेका ३५ जना लाभान्वित हुने अपेक्षा गरिएको छ।