नेपाली ई-कमर्स ग्यापु मार्केटप्लेसले महाशिवरात्रीको अवसरमा छुट तथा सामाजिक सञ्जालमार्फत् उपहार दिने कार्यक्रम ल्याएको छ।
BHOLEBABA कोड प्रयोग गरेर ग्यापुको एन्ड्रोइड र आइओएस एपमार्फत् जुनसुकै सामान सपिङ गर्दा तत्काल २ सय रुपैयाँ नगद छुट प्राप्त गर्न सकिने ग्यापुका संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले बताए।
साथै ग्यापुको सामाजिक सञ्जालमा प्रकाशित बाल्यकालको याद दिलाउने बाटो छेकेको फोटोमा आफ्ना साथीहरूलाई नाम मेन्सन गर्दा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने खड्काले बताए।
महाशिवरात्रीकै अवसरमा ग्यापुको जी बारमा उपलब्ध सामान खरिदमा विशेष छुट राखिएको खड्काले जानकारी दिए।
सन् २०२१ भित्र ग्यापुको एप डाउनलोड गर्नेमध्ये एक जनाले कार जित्ने अफर पनि ग्यापुले यस अगाडि नै सार्वजनिक गरिसकेको छ।
साथै ग्यापुले छिट्टै 'रेफर एण्ड अर्न' कार्यक्रम पनि सार्वजनिक गर्ने खड्काले बताए।
ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत् अर्डर गर्न सकिन्छ।
ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे कनेक्ट आइपिएस र इ-सेवामार्फत् भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ।
साथै, ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छन्।