नेपाल उद्योग परिसंघ(सिएनआइ)ले ‘मेक इन नेपाल स्वदेशी’ अभियान सुरूआत गरेको छ। स्वदेशी उद्योगलाई संरक्षण गर्न सो अभियानको सुरूआत गरेको हो।
परिसंघले वर्षेनि १ हजार उद्योग सञ्चालनमा ल्याउने र १ लाख ५० हजारलाई रोजगारी दिने लक्ष्य राखेर यो अभियान शुरू गरेको बताएकाे छ।
सो अभियानले औद्योगिक क्षेत्रको विकासमा सहयोग पुर्याउने सिएनआइका अध्यक्ष शतिस मोरले जानकारी दिए।
‘अभियानले स्वदेशी उद्योगको विस्तार तथा वृद्धि गरी रोजगारीसमेत सृजना गर्दछ,’ उनले भने।
अभियानलाई निरन्तरता दिन सरकारले रणनीतिक कार्ययोजना बनाउन पर्ने उनले बताए।
नेपालको हरेक उत्पादन सबै समक्ष पुर्याउन सरकारको सहयोग चाहिने सिएनआइका पूर्व अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए।
नेपाली वस्तुको उपभोग गर्दा सबैलाई गर्बको महसुस हुनपर्ने उनको भनाइ छ।
‘जसरी एउटा चाइनिजले आफ्नो सामान प्रयोग गर्दा गर्वको महसुस गर्छ त्यसरी नै नेपाली वस्तु उपभोग गर्दा नेपालीले गर्वको महसुस गर्नु पर्छं,’ उनले भने।