करियर प्वाइन्ट एजुकेसन सर्भिसेजले बाह्र कक्षाको परिक्षा दिएका विद्यार्थीहरुलाई केन्द्रित गर्दै ‘करियर फेस्ट २०२०–२१’ को आयोजना गरेको छ।
साेमबार अर्थात् आज राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा बाह्र कक्षा पछि के पढ्ने र कसरी अगाडि वढ्ने भन्ने विषयमा परामर्श दिइने कार्यक्रमका एक्जुकेटिभ डाइरेक्टर विशाल केसीले बताए।
कार्यक्रममा बीसभन्दा बढी कलेजहरुको बारेमा ठाउँबाटै जानकारी प्राप्त गर्न सकिनेछ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा, रास्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, कुलमान घिसिङ, व्यांकर मनोज ज्ञवालि र सृष्टिकेसीले विद्यार्थिहरुलाई मार्गनिर्देश गर्नुका साथै अनुभव साटासाट गर्नेछन्।
कार्यक्रममा कमेडियन एवम् मोटिभेसनल स्पिकर सन्दिप क्षेत्रि गायक अल्मोडा राना उप्रेति र कृसल कँडेल लगायतको प्रस्तुति रहने बताइएको छ।