स्प्राइटले ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ नामको नयाँ अभियान सुरु गरेको छ।
यस अभियानको उद्देश्य उपभोक्ताहरूलाई पूर्ण रूपमा रिफ्रेस रहन प्रेरित गर्ने हो।
स्प्राईटको चिसो, क्रिस्प र लेमन–लाइम स्वादले फ्रेस हुन र तनावमुक्त हुन सकिन्छ भनेर यो अभियानले देखाएको छ।
उक्त अभियानबारेमा कोका–कोला नेपालका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, ‘नयाँ स्प्राईट अभियानले स्क्रीनमा बिताउने समयमा आउने अनावश्यक अवरोधका कारण आराम गर्न सक्दैनौं भन्ने सबैको साझा समस्यालाई प्रकाश पार्छ।’ ‘घरमा आरामले आफ्नो रोजाई अनुसार स्क्रीनमा समय बिताउँदा कुनै अवरोधहरु झेल्नु नपरोस् भन्ने सन्देश हामी दिन चाहँछौं’, उनले थपे।