एसबी सोलुसन प्राइभेट र डिजी हब प्राइभेटबीच सम्झौता भएको छ। लगानी र सहकार्यका लागी एसबी सोलुसन तथा डिजी हबबीच सम्झौता भएको हो।
कम्पनीकाअनुसार क्रेडिट र लेन्डिङ प्लेटफर्मलाई डिजिटाइज गर्ने लक्ष्यले यस्तो सहाकार्य गरिएको हो।
सम्झौता पत्रमा एसबी सोलुसनका अध्यक्ष र डिजी हबका प्रबन्ध निर्देशकले हस्ताक्षर गरे।
लेन्डिङ क्षेत्रमा डिजिटलाइज गर्न एसबी सोलुसनले ‘क्रेडिट एक्स प्रो’ भन्ने लोन अटोमेसन प्रणालीको विकास गरेको छ।
डिजी हबसँग सहकार्य गरेर एसबी सोलुसन निरन्तर रुपमा क्रेडिट अटोमेसन, माइक्रो लेन्डिङ, लोन प्लेटफर्म, ओपन बैंकिङको क्षेत्रहरुमा काम गरिरहने दाबी गरेको छ।
एसबी सोलुसनको क्रेडिट एक्स प्रयोग गरिरहेका बैंक तथा वित्तिय संस्थाहरुले पनि थप एपीआई इन्टिग्रेसन र नेटवर्क कनेक्सनको सुविधा पाउनेछन्।
क्रेडिट एक्ससँगै एसबी सोलुसनले बैंक तथा वित्तिय संस्थाहरुलाई क्रेडिट रेटिङ र वित्तिय मूल्याकंन, अनलाइन कर योग्यता, अनलाइन अकाउन्ट खोल्न, डकुमेन्ट व्यवस्थापन प्रणाली, विक्रेता व्यवस्थापन प्रणाली, कर्पोरेट बैंकिङ प्रणालीको क्रेडिट र ग्यारेन्टी स्वचलित व्यवस्थापन प्रणाली, मेमो व्यवस्थापन प्रणाली, कागजात अभिलेख प्रणाली, बजेट प्रबन्धन प्रणाली जस्ता सेवाहरु प्रदान गरिरहेको छ।
डिजी हब प्रालीले बैंक तथा वित्तिय संस्थाहरुलाई एण्ड टू एण्ड फिनटेक सोलुसन पनि प्रदान गर्ने गर्छ।