प्रदेश १ सरकारले अघि सारेका विकास आयोजना अघि बढाउने घोषणासहित सरकारको लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बीच मंगलबार सम्झौता भएको छ।
विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उक्त सहमति भएको हो।
सम्झौता पत्रमा प्रदेश सरकारले बनाएको सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका निर्देशक डा. सरोज कोइराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन्।
सरकारी प्राधिकरण र बैंकबीचको सम्झौता अनुसार सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास गर्ने, कार्यान्वयनको चरणमा वित्तीय तथा प्राविधिक सहकार्य हुनेछ।
मुख्यमन्त्री शेरधन राई, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोध प्याकुरेल लगायतको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो।