नेपाल हिमालय सीमापार वाणिज्य संघले २१ औं साधारणसभा चैत २१ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा गर्ने निर्णय गरेको छ।
अधिवेशन समेत रहेको साधारण सभामा नयाँ नेतृत्वको चयन समेत हुने संस्थाका कोषाध्यक्ष केदार थापाले जानकारी दिए।
माघ ३० गतेसम्म सदस्यता नवीकरण गरेका सदस्य साधारण सभामा सहभागी हुन पाउने थापाले बताए।
संस्थामा १ हजारभन्दा बढी सदस्य आबद्ध रहेको कोषाध्यक्ष केदार थापाले जानकारी दिए।
सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने तयारी भए पनि सहमति नभए मतदानबाट नयाँ कार्यसमिति निर्वाचित गरिने बताइएको छ।
प्रज्ञा भवनमा आयोजित साधारण सभामा सहमतिबाट नेतृत्व चयन नभए भोलिपल्ट संस्थाको आफ्नै कार्यालय बुद्धनगरमा निर्वाचन हुने बताइएको छ।