नागरिक लगानी कोष कर्मचारी युनियनले कोषका पुर्व कर्मचारी अनिल कुमार ढकाल र सुभाष चन्द्र दाहाललाई सम्मान गरेको छ।
युनियनद्धारा आयोजित बनभोज तथा बिदाई कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको युनियनले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको छ।
सम्मान स्वरुप युनियनले मायाको चिनो पनि प्रदान गरेको थियो।
सो अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले सबै कर्मचारीहरुको अथक मिहेनतको कारण संस्था अहिलेको अवस्थामा आइपुगेको बताए।
त्यसैगरी युनियनका अध्यक्ष सुरेश चालिसे एवं सचिव नेत्र थापालगायतले सेवा निवृत्त भएका पूर्व कर्मचारीहरुलाई सम्मान गर्न पाउँदा खुसी लागको बताएका थिए।