एडमनाले ‘लर्निङहब डट अनलाइन संचालनमा ल्याएको छ। जसबाट बालबालिकाका लागि अनलाइन कोडिंग कक्षा संचालन गरिन्छ।
यो कोर्ष अन्तर्राष्ट्रिय विज्ञहरुले सुपरिवेक्षण गरी डिजाइन गरेको हो।
विज्ञहरुले कलिला दिमागका लागि यो कक्षा उपयुक्त रहेको बताएका छन्। पाठ्यक्रमहरु ८ घन्टा, ३२ घन्टा, ६४ घन्टा र ९६ घन्टा गरी उपलब्ध गराइएको कम्पनीको भनाइ छ।
अभिभावकहरुले यो कोर्ष अनलाइन लर्न हबबाट किन्न सक्छन्। यो एउटा अनलाइन कक्षा हो। जुन बालबालिकाहरुको खाली समय– बिहान र साँझ सञ्चालन गरिन्छ।
धेरैजसो विद्यालयहरुमा यस्ता कोडिंग कक्षाहरु राखिएको हुँदैन।
कोडिंगले बालबालिकाहरुमा कल्पनाशक्तिको विकास, योजना र संगठित गर्ने क्षमताको विकास गर्न मद्दत गर्दछ।
यो कोर्षले प्रोग्रामिङ गर्न मन नपराउने बालबालिकालाई पनि उत्तिकै मद्दत गर्ने बताइएको छ।