एभियोट्रेस नेपाल स्कूल अफ टेक्नोलोजी (एएनएसटी) ले संगठनको पाँचौं वार्षिकोत्सवमा एयर होस्टेज प्रशिक्षणको पूर्ण र आंशिक छात्रवृत्ति घोषणा गरेको छ ।
कम्पनीका महाप्रबन्धक दिवस पोखरेलका अनुसार एएनएसटीले योग्य विद्यार्थीहरूको लागि एयरहोस्टेज प्रशिक्षणमा छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो।
यो छात्रवृत्तिले विद्यार्थीहरूलाई उड्डयन महत्वाकांक्षा प्राप्त गर्न मद्दत गर्दछ। त्यो मात्र होईन, एएनएसटीले भर्ना हुने विद्यार्थीहरूलाई उनीहरूको +२ प्रमाणपत्र अनुसार छात्रवृत्ति पनि पाउने बताएको छ ।
एएनएसटी महाप्रबन्धक पोखरेलले भने ‘धेरै विद्यार्थीहरूले आफ्नो उच्च माध्यमिक शिक्षा पूरा गरेपछि आर्थिक अभावले उच्च शिक्षा पूरा गर्न सक्दैनन्।’
‘हामी यस्ता विद्यार्थीहरूलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरेर समर्थन गर्न चाहन्छौं’, उनले भने।