जगदम्बा मोटर्सअन्तर्गतकाे टिभिएस मोटरसाइकल तथा स्कुटरको डाउनलोड एन्ड विन अभियानको विजेता घोषणा गरिएको छ। यो अभियानको विजेता काठमाडौं कुसुन्तीका अनिल प्रधान बनेका छन्।
प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड विजनेस डेभलपमेन्ट दीपक प्रसाद रौनियारले ब्रान्ड न्यू टिभीएस जेष्ट स्कुटरको चावी दिएका छन्।
उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको थियो।
यस अभियानमा ग्राहकहरुले भाइवरमा टिभिएस दसैंको आशा नामक स्टीकर डाउनलोड गरेर नयाँ टिभीएस जेष्ट स्कुटर जित्न सक्ने अवसर पाएका थिए ।