होटल क्राउन इम्पेरियलमा 'बेक माइ डे' इभेन्ट आज सम्पन्न भएको छ।
होटलका बेकरी सेफ हरि गिरी र इश्वर काफ्लेले सहभागीहरुलाई केही बेकरी आइटमको बनाउने तरीकासहितको अनुभव सेयर गरेका थिए।
आफैले घरमा बेकरी आइटम बनाउन इच्छा भएकाहरुलाई स्वादिलो र स्वस्थ बेकरी परिकार बनाउन सिकाउने उद्देश्यले होटलमा यो इभेन्ट आयोजना गरिएको हो।
होटलमा नियमित आउने ग्राहकहरुलाई जोडिराख्नका लागि होटलले गर्ने विभिन्न इभेन्ट जस्तै बेक माइ डे इभेन्ट आयोजना गरिएको हो।