आगामी १४ फेब्रुअरीका दिन मनाइने भ्यालेण्टाइन डे नेपाली युवामाझ लोकप्रिय छ।
विशेष गरि शहरीया युवा माझ लोकप्रिय भ्यउलेन्टाइन डेलाई लक्षित गरेर बुद्ध एयरले विशेष अफर ल्याएको छ।
यस दिनलाई अझ रमाइलो बनाउन बुद्ध एयरले एभरेष्ट माउण्टेन फ्लाइटको अफर ल्याएको छ। ९,९९९ मा एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाइने साथै चकलेट र फुलका गुच्छा पनि बुद्ध एयरले हरेक टिकटमा प्रदान गर्ने भएको छ।
एभरेष्ट एक्सपेरियन्स उडान बुद्ध एयरले हरेक शनिबार गर्दै आइरहेको छ।