संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री रवीन्द्र अधिकारी तथा सचिव कृष्ण देवकोटाले विमानस्थलाई कर्मचारीहरूलाई सरकारले तोकेको काम गर्न निर्देशन दिएका छन्।
आजदेखि
विमानस्थल संचालन समय बढेर २१ घण्टापुर्याइएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तथा सचिवले कर्मचारीलाई काम गरेवापत सेवा सुविधा सरकारले दिने तर काम गर्दिन भन्न नपाइने बताए।
आजदेखि विमानस्थल २१ घण्टा चल्ने निर्णय भएको छ। तर
एयर ट्राफिक कन्ट्रोलरहरुले केहीसाता अगाडिमात्र पर्याप्त जनशक्ति नभएको,प्रविधि तथा सेवा सुविधा पनि पर्याप्त नभएको भन्दै तत्काल विमानस्थलको सञ्चालन समय बढाउन नसकिने बताएका थिए।
एटिसी संघलाई लक्षित गर्दै सचिव देवकोटाले काम गर्न मन नभए आजैदेखि राजीनामा दिएर जान निर्देशन पनि दिए।
‘राज्यसँग जोरी खोजेर हुँदैन सरकारले दिएको जागिर खाने तर तोकेको जिम्मेवारी निभाउँदिन भन्ने अधिकार कसैसँग छैन’देवकोटाले भने।
२४ घण्टा खुला गर्ने लक्ष्य राखेर काम गर्ने संस्कार नेपालीहरूमा विकास नभएको मन्त्री अधिकारीको भनाइ छ।
सबै ठाउँमा आठ घण्टादेखि बढी काम गर्नै हुँदैन भन्ने मानसिकता हावी भएकोले काम गर्न कठिन भएको उनले बताए।