अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक अवस्थाको बारेमा जानकारी दिने श्वेतपत्र सार्वजनिक गरेका छन्। संघीय संसदका दुवै सभामा प्रस्तु गरिएको उक्त श्वेतपत्रमार्फत खतिवडाले देशको अर्थतन्त्र निराशाजनक रहेको उल्लेख गरेका छन्।
अघिल्लो सरकारले छोडेको र नयाँ सरकारले सम्हाल्दाको आर्थिक अवस्थाको जानकारी सबैले पाउनु्पर्ने बताउँदै खतिवडाले श्वेतपत्र ल्याइएको बताए।
‘हामीले कहाँबाट कस्तो अवस्थामा यात्रा सुरु गरेका थियौं भन्ने एउटा कोशेढुंगा पनि हो’ खतिवडाले भने,‘सबै नागरिकले यसबारेमा जानकारी पाउनुपर्छ।’
श्वेतपत्रमार्फत अधिकांक सु्चक नकारात्मक भएको खतिवडाले प्रष्ट पारेका छन्। ८९ बुँदा रहेको उक्त पत्रमा ७५ बुँदामा समस्याका बारेमा उल्लेख गरिएको छ।
अर्थतन्त्रको समग्र अवस्था निराशाजनक रहेको श्वेतपत्रको निष्कर्ष छ। अघिल्लो सरकारले सिर्जना गरिदिएका कतिपय दायित्व बहन गर्ननसकिने बताएका अथमन्त्रीले सार्वजनिक संस्थानको निजीकरण फेल भएकोसम्म उल्ल्ोख गरेका छन्।
विगतका त्रुटीपुर्ण निर्णय, अभ्यासका कारण अर्थतन्त्र झनै जोखिमतर्फ उन्मुख भएको भन्दै खतिवडाले श्वेतपत्रमार्फत संरचनात्मक सुधारको आवस्यकता पनि औल्याएका छन्।
निराशा नै निरशा इंगित श्वेतपत्रमा केही अवसर र सम्भावनाको बारेमा पनि उल्लेख गरिएको छ। प्रचुर प्राकृति स्रोत साधन, श्रम स्रोतको उपलब्धता, राजनीतिक स्थायीत्वजस्ता अवसरको रुपमा आएको उनको निष्कर्ष छ।
त्यस्तै वर्तमान आवस्यकता पुरा गर्न स्वदेशी पुँजी पर्याप्त नहुने भन्दै विदेशी पुँजीको आवस्यक उनले अपरीहार्य बताएका छन्।
श्वेतपत्रकाे पूर्णपाठ