७५ मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत आयोजना साउदेखि सुरु हुने भएको छ। सिद्धकाली पाल लिमिटेडले प्र
बद्र्धन गरेको उक्त आयोजना डङफ्याङ इलेक्ट्रिक इन्टरनेशल कर्पोरेशनले इपिसिएफ(इन्जिनियरिङ प्रोक्र्युमेन्ट कन्स्ट्रक्सन फाइनान्स) मोडलमा बनाउने भएको छ।
चिनियाँ कम्पनी र सिद्धकाली पावरबीच उक्त आयोजनाको निर्माणसम्बन्धि आज सैद्धान्तिक सम्झौता भएको छ।
कूल १४ अर्ब ५० करोड लागतमा बन्ने उक्त आयोजनामा चिनियाँ कम्पनीले १० अर्ब २९ करोड लगानी गर्नेछ भने बाँकी नेपाली प्रबद्र्धकले जुटाउने छ।
सम्झौताअनुसार आयोजनाको निर्माण २०७५ साउनदेखि सुरु भएर साढे तीन वर्ष भित्र सम्पन्न हुने छ। आयोजना निर्माण सम्पन्न भएको एक वर्षभित्र चिनियाँ कम्पनीले आफ्नो लगानी फिर्ता लिने छ।
आयोजनामा लक्ष्मी बैंकसहित ८ बैंकले लगानी गरेका छन्।