अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न विद्यालय भवन, सुरक्षित एवम् उपयुक्त शैक्षिक वातावरणमा विद्यार्थीहरूलाई व्यवहारिक, समाज तथा जीवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले राजधानीमा वल्र्ड स्कुल सञ्चालनमा आउने भएको छ।
काठमाडौ वल्र्ड स्कुल भक्तपुर, सूर्यविनायक नगरपालिका–७, गुन्डुमा करीब ५५ रोपणी जग्गामा फैलिएको छयस स्कुलको सम्पूर्ण निर्माण कार्य पूरा भएपछि विभिन्न तह गरि करीव १ हजार २ सय विद्यार्थीले उक्त स्कुलमा अध्ययन गर्नेछन् भने ३ सय ८० जना छात्र/छात्राहरूको आवास गृह तयार हुने स्कुलले जनाएको छ।
स्कुलका अनुसार स्वीमिङ पुल सहितको अतिरिक्त क्रियाकलाप भवनमा करिब १५ भन्दाबढी विभिन्न अतिरित क्रियाकलापहरू जस्तै नृत्य, संगीत, मार्सल आर्टस्, लाउन टेनिस, नाटक, फाइन आर्ट, इन्डोर मन्टिपपोस कोर्ट, फुटसल, आदिको सुविधा रहेको छ।
विद्यालयको उत्तर, पूर्व र दक्षिणमा हरियो जङ्गलको सिमाना रहेको र पश्चिमतर्फको सिमानामा मानव बस्ती रहेको त्यो ठाउँ अध्ययन तथा अध्यापनका लागि उपयुक्त वातवरण रहेको स्कुलले जनाएको छ।