जलविद्युत आयोजना निर्माण एवं सञ्चालन गर्ने कम्पनी पिपुल्स इनर्जीले खिम्ती २ जलविद्युत आयोजना विकास गर्ने भएको छ।
दोलखा र रामेछाप जिल्लाका विभिन्न स्थानहरु हुँदै बग्ने खिम्ती खोलामा ४८.८० मेगावाट क्षमताको खिम्ती २ जलविद्युत आयोजना विकास हुन लागेको हो।
यसको निर्माणको लागि ८ करोड ८० लाख अमेरिकन डलरमा कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण आचार्यको नेतृत्वमा सञ्चालक एवं प्राविधिकहरु चिनमा गई ठेक्का सम्झौता सम्पन्न गरेको जनाइएको छ।
यस आयोजनाको वार्षिक कूल अनुमानित आम्दानी प्रथम वर्ष १४० करोड रुपैयाँ र वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म बढ्दै जाँदा नवौं वर्षमा १७४ करोड रुपैयाँ सम्म पुग्ने अनुमान गरिएको कम्पनीले जनाएको छ।
खिम्ती २ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरु २०७८ असार मसान्तबाट हुने बताइएको छ।