३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजना निर्माण सम्झौता भएको छ।
त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले आयोजनाको प्रसारणलाइन बाहेकका निर्माण काम गर्ने जिम्मा चिनियाँ कम्पनी सिचुवान एनहे हाइड्रौलिक एण्ड हाइड्रोइलोक्ट्रोनिक इन्जिनियरिङलाई दिएको छ।
दुई कम्पनी बिच अयोजना निर्माण गर्ने सम्बन्धि सम्झौतामा आज हस्ताक्षर भएको हो।
कम्पनीका तर्फबाट प्रबन्ध संचालक मोहन बास्तोला र ठेकेदार चिनियाँ कम्पनीको तर्फबाट चाओ शेनजिपिङले हस्ताक्षरण गरेका त्रिशुली जलविद्युत कम्पनीले जानकारी दिएको छ।
सम्झौताअनुसर सिचु्वानले तीनवर्षभित्र काम सम्पन्न गरिसक्ने छ। इन्जिनियरिङ, प्रोक्र्युमेन्ट र कन्स्ट्रक्सन मोडलमा निर्माण हुने यसको ठेक्का मूल्य १ अर्ब ९१ करोड ४६ लाख रहेको छ।