त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा भाडामा लिइन व्यवसाय गर्नेहरुले सम्झौता सकिएपछि पनि ठाउँ खाली नगरेको पाइएको छ। एकपटकको लागि भाडामा लिएपछि खाली नगरी ओगेटेर बसिरहेको पाइएको छ।
विमानस्थलको मोटरसाइकल पार्किङसँगैको जग्गा भाडामा लिएर कान्तिपुर क्याफे चलाएका सम्भु श्रेष्ठले सम्झौत सकिएपनि व्यवसाय छाडेका छैनन्।
बोलकबोलबाट भाडा लिने र तोकिएको समयसम्ममात्र व्यवसाय गर्न पाइने कानूनी व्यवस्था भएपनि उनले भने त्यसको उलंघन गरिरहेका छन्।
विमानस्थलले जग्गा तथा खाली ठाउँ व्यवसायिक प्रायोजनमा दिनेसम्बन्धि कार्यविधिले सम्झौता पनरावलोकनको कुनै व्यवस्था नगरेको भएपनि उनले थप गर्नुपर्ने माग राख्दै अदालतमा मुद्दा दायर गरेका थिए।
जिल्ला अदालत काठमाडौंले सम्झौता पुनरावलोकन गर्न बाध्य नहुने र अन्यलाई यथावत राख्न आदेश दिएको थियो। सम्झौता थप गर्न विमानस्थल प्रशासन बाध्य नहुने भन्ने अर्कोतिर अन्य व्यवस्था यथावत राख्न आदेशले झनै विवाद उत्पन्न भयो। यसैबीच विमानस्थल प्रशासन उच्च अदालत पाटन गयो।
पाटनले पनि जिल्लाकै फैसला सदर ग¥यो। त्यसपछि कान्तिपुर क्याफेलाई ३५ दिनभित्र ठाउँ खाली गर्न गएको वैशाखमै विमानस्थलले पत्र काट्यो। तर आजसम्म उक्त ठाउँ खाली भएको छैन।
ठाउँ खाली गर्न ताकेता गर्दा पनि नगरेको तर क्याफे उच्च अदालतको फैसाला अनुसार सम्झौता थप गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतको फैसला कार्यान्वयन इकाइमा उजुरी दिन गएको र सोही निर्णय कुरेर बसेको प्रशासनको भनाइ छ।
‘हाम्रो कानूनी व्यवस्थाले कुनै पनि सम्झौता थप गर्ने भनेको छैन’ विमानस्थल कर्पोरेट महाशाखा प्रमुख रामचन्द्र सुवेदीले भने,‘हामी व्यवस्थाअनुसार नै खाली गराउन कटिबद्ध छौं तर प्रक्रिया अदालतमा गएकोले केही गर्ननसक्ने अवस्था हाम्रो बाध्यता हो।’
[caption id="attachment_128489" align="alignnone" width="528"]
विमानस्थलले गत वैशाखमा कान्तिपुर क्याफेलाइ काटेकाे पत्र।[/caption]