एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको आयोजनामा आगामी शनिबार अष्ट्रेलियन एजुकेसन फेयर हुने भएको छ।
दरबारमार्गस्थित होटल अन्नपूर्णमा हुने फेयरमा अष्ट्रेलियाका चाल्स स्टर्ट, भिक्टोरिया, मक्वाईरी, युनिभर्सिटी अफ ताजमानिया, टरेन्स, स्टडी ग्रुप, सेन्ट्रल क्विन्सल्याण्ड, युनिभर्सिटी अफ न्यू क्यासल लगायत १६ वटा प्रतिष्ठित युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने आयोजकले जनाएको छ।
एक्सपर्टका प्रबन्ध निर्देशक खेम संग्रौलाले फेयरमा विद्यार्थी तथा अभिभावकले आफ्ना जिज्ञासा विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग प्रत्यक्ष संवादमार्फत मेटाउन सक्ने जानकारी दिए। यो जुलाई इन्टेक सम्वद्ध अन्तिम फेयर भएका कारण महत्वपूर्ण रहेको उनले बताए।
प्लस टु सकेका, ब्याचलर वा मास्टर्स सकेर मास्टर्स वाई रिसर्च र पिएचडि गर्न जान चाहने सम्मका विद्यार्थीहरुलाई लक्षित फेयरमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ। उपस्थित हुने विद्यार्थीहरुका लागि आकर्षक गिफ्ट ह्वाम्परको समेत ब्यवस्था रहेको आयोकजकले जनाएको छ।
विद्यार्थीको क्षमता अनुसार कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले स्कलरशिप पनि प्रदान गर्ने एक्सपर्टले जनाएको छ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यलय रहेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको नेपालका मुख्य शहरहरुमा १२ वटा साखा कार्यलयहरु छन्। हालसम्म पच्चीस हजार भन्दा बढी विद्यार्थीहरुले सेवा लिइसकेको एक्स्पर्टले जनाएको छ। एक्सपर्टले यस्ता एजुकेसन फेयर वर्षमा ३ पटकभन्दा बढी सञ्चालन गर्दै आएको छ।