उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी शनिबार राजधानीमा ‘द नेक्स्ट अष्ट्रेलिय एजुकेसन फेयर’ हुने भएको छ।
अष्ट्रेलिया अध्ययनका लागि परामर्श दिँदै आइरहेको द नेक्स्ट एजुकेसन कन्सलटेन्सीको आयोजनामा होटल अन्नपूर्णमा मेला हुन लागेको हो।
मेलामा अष्ट्रेलियाका २५ युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने आयोजकले जनाएको छ। नेक्स्टका कार्यकारी निर्देशक शालिकराम भण्डारीले फेयरमा कलेज तथा युनिभर्सिटीकै प्रतिनिधिहरु पनि उपस्थित हुने भएकाले विद्यार्थीका लागि उपयोगी हुने बताए।
‘विश्वविद्यालय र कलेजका प्रतिनिधिसँगै विद्यार्थी तथा अभिभावकले जिज्ञासामा संवाद गर्न सक्ने छन्’ उनले भने ‘यसबाट आशंका र अविश्वास पनि हट्नेछ।’
फेयरमा नेपाली विद्यार्थीहरुको प्रमुख गन्तब्य बनिरहेका अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, वलङघन युनिभर्सिटी, व्लू माउन्टेन होटल स्कुल, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, युनिभर्सिटी अफ न्यू इङल्याण्ड, लगायतका कलेज तथा युनिभर्सिटीहरुको उपस्थिति रहने भण्डारीले बताए।
फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि प्रिभिलेज कार्डको ब्यवस्था गरिएको र उक्त कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आई.एल.टि.एस अध्ययन तथा प्रोसेसिङ्ग लगायतका सेवा सुविधाहरुमा भारी छुट प्राप्त गर्ने बताइएको छ।
उपस्थित विद्यार्थीहरुलाई आकर्षक गिफ्ट ह्याम्परको पनि ब्यवस्था गरिएको आयोजकले जनाएको छ। ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर माघ ७ गते बुटवलमा र ८ गते चितवनमा हुनेछ।
सन् २००५ मा डिल्लीबजारमा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सीले सन् २०१७ को जनवरीमा पनि ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गरेको थियो। द नेक्स्टले विदेशमा अध्ययन सकेपछि स्वदेशमै फर्केर आफूले आर्जन गरेको शिक्षा र सिपलाई विकासमा लगाउन समेत अभिप्रेरित गर्दै आएको छ।