बिजुली उत्पादनमा विदेशी लगानी, सिप र प्रविधि आकर्षित गर्ने भन्दै इनर्जी डेभलोपमेन्ट काउन्सिलले नेपाल पावर इन्भेस्टमेन्ट समिट( एनपीआई एस) आयोजा गर्ने भएको छ।
माघ १३ देखि १५ सम्म काठमाडौंमा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका ३० भन्दा बढी मुलुकका ३ सय बढी सहभागी हुने आयोजक संस्था काउन्सिलका अध्यक्ष सुजित आचार्यले जानकारी दिए।
एनपीआई एस २०१८ मा इनर्जी मार्ट, अन्तराष्ट्रिय तालिम कार्यक्रमलाई समायोजन गर्दै र्फट्युन ५०० कम्पनी र सरकारी, निजि र विकासको क्षेत्रमा कार्य गर्ने संस्थालाई वान–स्टप व्यवसाय साझेदारीको फोरम बनाइने आचार्यले बताए।
अवको १० वर्षभित्र ४० हजार मेगावाट विद्युत उत्पादन गर्नुपर्ने र त्यसको खपतका औजारहरुका बारेमा पनि ठोस धारणासहित सम्मेलनमा कार्यपत्रहरु प्रस्तुत हुने काउन्सिलका कार्यकारी निर्देशक कुसुम गुरुङले जानकारी दिए।
विद्युत विभिन्न स्रोतबाट १० वर्षभित्र ४० हजार मेगावाट विद्युत उत्पादन सम्भव भएको र त्यसैका लागि लगानीकर्ता, आयोजना डेभलपरहरुलाई बोलाएर नेपालको अवस्थाको बारेमा जानकारी दिइने सम्मेलनको उद्देश्य छ।
सम्मेलनमा अरबौं अमेरिक डलर ऋण लगानी गर्ने सामथ्र्य भएका अनतर्राष्ट्रिय कम्पनीका प्रतिनिधि शूल्क तिरेरै सम्मलेनमा आउन लागेको र त्यसबाट नेपाली आयोजनाकर्ताहरुले लगानी ल्याउनसक्ने वातावरण उपलब्ध हुने गुरुङले जानकारी दिए।
सम्मेलनमा नवीकरणीय ऊर्जा कम्पनीहरु एन्ड्रिज, भोइट, तोसिवा र र्फट्युन ५०० सहभागी हुनेछन्। पावर चाइना कर्पोरेशन, ए.एफ. कन्सल्ट, हुनान कन्सट्रक्सन, सिनो हाइड्रो कर्पोरेशन, मरुबेनी कन्सलटिङजस्ता ्। ठेकेदार र परामर्शदाताहरु कम्पनीहरु पनि सहभागी हुने आयोजकले जानकारी दिएको छ।
नेपालमा विदेशी लगानीको वातावरण पर्याप्त भएको र १० वर्षमा ४० हजार मेगावाट बिजुली उत्पादन सम्भव रहेको आचार्यले भनाइ छ।
‘नेपालमा विदेशी लगानीको पर्याप्त सम्भावना छ’ उनले भने,‘यदि सरकारले हामीलाई आयोजना दिने हो भने यो हामी आफै पनि गर्नसक्छौं।’