नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलाई सोधिएको स्पष्टीकरण मन्त्रीस्तरीय निर्णयबाटै भएको पाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमता विस्तारको जिम्मा पाएर असफल भएको इस्पेनिस कम्पनी सान्जोशे कन्स्ट्रक्सको सम्बन्धमा सोधिएको स्पष्टिकरण बुँदा मन्त्रीस्तरिय निर्णयबाटै गरिएको हो।
गौतमलाई गलत मनसाय राखेर स्पष्टिकरण सोधिएको र उक्त स्पष्टीकरणमा सान्जोसेलाई फाइदा पुग्ने आसयका बुँदा राखिएको भन्दै अख्तियारमा मुद्दा परेको थियो।
पछि मन्त्री जितेन्द्रनारायण देव र सचिव महेश्वर न्यौपानेले ति बुँदा तत्कालीन कायममुकायम सचिव शुरेस आचार्यले थप गरेको आरोप लगाएका थिए।
मन्त्रीस्तरीय निर्णय गरी टिप्पणी उठाएर प्रष्टिकरण सोध्ने जिम्मा तत्कालीन निमित्त सचिव तथा सहसचिव आचार्यलाई लगाइएको थियो। उक्त प्रष्टिकरण सोध्दा निर्णय गरिएभन्दा फरक तरिकाले तन्काएर सोधिएको भन्दै सहसचिवमाथि आरोप लगाइएको थियो।
तर भदौ २६ गते मन्त्रीस्तरीय निर्णय गरी उपसचिव टेकनारायण पौडेलले टिप्पणी उठाएका छन्। पौडेलले उठाएको टिप्पणीलाई २७ गते नै मन्त्री देव र सचिव महेश्वर न्यौपानेले सदर पनि गरेका छन्।
विभिन्न ११ बुँदामा आशंका जनाउँदै क्यानका महानिर्देशकलाई स्पष्टीकरण सोध्ने टिप्पणीमा हस्ताक्षर गरेलगत्तै सचिव न्यौपाने चीन र मन्त्री विदेश गएका थिए। सो समयमा निमित्त सचिवको भूमिकामा रहेका सहसचिव आचार्यले गौतमलाई प्रष्टिकरण पत्र पठाएका थिए।
सेतोपाटीलाई प्राप्त प्रमाणअनुसार टिप्पणीमा उठाइएका ११ बुँदा र प्रष्टिकरणमा सोधिएका ११ बुँदामा केही पनि तलमाथि छैन।
सोही सम्वन्धमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको जिम्मेवारी पाएको स्पेनिस कम्पनी सान्जोसेलाई सहयोग पुग्नेगरी प्रश्न गरेको भन्दै अख्तियारमा मुद्दा परेको थियो। अख्तियारले उक्त कुरा मन्त्रालयमा सोधेपछि सचिव तथा मन्त्रीले उक्त काम सहसचिव आचार्यले गरेको र उनलाई सचेत पनि गराइएको पत्र अख्तियारमा पठाएका छन्।
उक्त सान्जोसेको सवाल मन्त्रीस्तरीय निर्णयको ४ नम्बर बुँदामा उल्लेख भएको छ। त्यसरी उक्त कुरा मन्त्री स्तरीय निर्णय भएको र सोही कुरालाई मात्र आफूले प्रष्टिकरणमा राखेको सहसचिव आचार्यले बताउँदै आएका छन्।
मन्त्रीस्तरीय निर्णयकाे टिप्पणीमहानिर्देशकलाई साेधिएकाे स्पष्टीकरणकाे बुँदा नं ४