तारा एयरलाइन्सले एसपीसीसी र हिमालयन क्लबको सहकार्यमा सोलुखुम्बु क्षेत्रबाट करिव ११ हजार किलोग्राम नकुहिने फोहर उठाएको छ।
कम्पनीले ९ उडान सञ्चालन गरी लुक्ला विमानस्थलबाट फोहोर उठाएको जानकारी दिएको छ। कम्पनीका अनुसार उडान मार्फत उठाइएको फोहर उचित रिसाइक्लिंग केन्द्र काठमाडौं मुन्सिपालिटी को ओपरेसनलाई हस्तान्तरण गरिएको छ।
आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अनुसार सोलुखुम्बु क्षेत्रको फोहर ब्यवस्थापन योजनालाई समर्थन गरिएको ताराले जनाएको छ।
एयरलाइनद्वारा प्रोयोजित यो सेवाको लागत १० लाख भन्दा बढी रहेको दावी गरिएको छ।
तारा एयरलाइन्स र एयरलाइन्सको भगिनी संस्था यतीले सन् १९९८देखि नेपालका विकट क्षेत्रहरुमा आफ्नो सेवा निरन्तर रुपमा प्रदान गर्दै आइरहेको छ।