अष्ट्रेलिया गई अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने उद्देश्यले भोलि बुधबार राजधानीमा अष्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ।
अष्ट्रेलियाका लागि डेढ दशकदेखि परामर्श दिँदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले सेमिनारको आयोजना गरेको हो।
पुतलीसडकस्थित आयोजकको कार्यालय हलमै हुने सेमिनारमा अष्ट्रेलियन एजुकेशनसम्बन्धि सम्पूर्ण जानकारी दिइने प्रबन्ध निर्देशक खेम संग्रौलाले बताए।
एकदिने सेमिनारमा अष्ट्रेलियाका
Charles Sturt University, Victoria University (ECA) / TAFE South Australia का उच्चपदश्थ प्रतिनिधिहरु पनि सहभागी हुने उनले बताए।
जसमार्फत सहभागी विद्यार्थी तथा अभिभावकहरुले अष्ट्रेलियामा अध्ययनका लागि आवश्यक सम्पूर्ण सुचना तथा जानकारी प्रत्यक्ष रुपमै लिन सक्ने संग्रौलाको भनाइ छ। मुख्यतः आगामी फेब्रुअरी वा जुलाई इन्टेकका लागि अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीहरुले सेमिनारमार्फत पढ्न चाहेको विषय र सो सम्बन्धि अन्य सम्पूर्ण जानकारी स्थलगतरुपमा लिन सक्नेछन्।
‘कुनै पनि विद्यार्थीलाई पछि गएर कुनै अन्यौल नहोस् भनेर यस्तो सेमिनार गरिएको हो, सँगसँगै यो हाम्रो व्यवसाय पनि हो’ उनले भने।
निशुल्क प्रवेशको व्यवस्था रहेको सेमिनारमा डिप्लोमादेखि पिएचडिसम्म अध्ययनका लागि इच्छुक विद्यार्थी तथा सम्बन्धित अभिभावकहरुले सहभागिता जनाउन सक्ने आयोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले जनाएको छ।