लामो खडेरीका कारण सुख्खा संकटकाल घोषणा भएको मधेस प्रदेशमा विद्युत प्रसारण तथा वितरणको अवस्था बुझ्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको टोली मधेस प्रदेश पुगेको छ।
कार्यकारी निर्देशक शाक्यले मधेश प्रदेश अन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग छलफल अन्तर्क्रिया गरी सुख्खा खडेरीले देखिएको संकटमा आम सर्वसधारणलाई राहत हुने गरी सिँचाइ विद्युतीकरणमा के कसरी सहजीकरण गर्न सकिन्छ भनी सुझाव लिएका थिए।
प्रधान्मन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्न जिल्लामा पाँच सय डिप ट्युबबेल जडान गर्ने घोषणा गरेको हुँदा उक्त ट्युबबेल सञ्चालनका लागि चाहिँने विद्युतीय पूर्वाधारको निर्माण के कसरी गर्न सकिन्छ भनि जानकारी लिएका हुन्।
सिँचाइ तथा खानेपानीको समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण सारथी हुने तर त्यसको लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गरिदिनु पर्ने शाक्यले बताए।
प्राधिकरणको कारण संकटमा थप समस्या नआओस् भन्ने कुरामा सचेत रहेर आफू फिल्डमा पुगेर वास्तविकताको बारेमा जानकारी लिएको शाक्यले बताए।